‘कहो ना प्यार हे’ बाट बलिउडमा चर्चित बनेकी बलिउड नायिका अमिषा पटेलले आशातित रुपमा बलिउडमा आफ्नो प्रभुत्व जमाउन भने सकिनन् । कारण उनको पारिवारिक कारण रहेको पनि बताइएको छ । बलिउडमा पाइला टेकेपछि उनको परिवारमा मनमुटाव सुरु भएको थियो ।
उनको परिवार अनी बलिउडमा गएको पटक्कै मन पराउँदैनथे । यही मनमुटावका कारण अमिषा आफ्नो परिवारबाट अलग भएकी थिइन् । बलिउडमा अमिषा एक्ली छैनन् जो परिवारबाट अलग भइन् ।
तर, यो पारिवारिक असमझदारीले अमिषाको जीवनमा पनि गम्भीर रुप लियो । यतिसम्म कि अमिषाले आफ्नो बुबाविरुद्ध १२ करोड रुपयाँ हिनामिनाको आरोप लगाइन् । अमिषाले बुबाले आफुलाई घरबाट चप्पलै चप्पलले कुटेर घरबाटै निकालेको पनि बताएकी छिन् ।
उक्त घटना आफुले किहल्यै नभुल्ने पनि अमिषाले अन्तर्वाताका क्रममा बताएकी थिइन् ।