रियालिटी टिभी स्टार किम कर्दाशियान आफ्नो साथ पेरिसमा भएको लूटपाटको मामिलामा आफ्नो साक्षी दिएकी छिन् । न्यूयोर्कको एक होटलमा ३६ बर्षिय मोडलले फ्रान्सका अधिकारीहरुसँग मिलेकी थिइन र गएको बर्ष अक्टुबरमा आफ्नो साथ भएको यो भयावह घटनाको जानकारी दिएकी थिइन जब चोरहरुले उनको मुख बन्द गरेर, बाँधेर र बन्दूक देखाएर लुटपाट गरेका थिए ।
‘ई न्यूज’ ले पुष्टि गरेको छ कि बर्ष २०१६ मा ‘पेरिस फेशन वीक’ को दौरान उनको होटलको कोठामा करिब एक करोड डलर बराबरको आभूषण लुटपाट भएको थियो । फ्रान्सको पुलिसले अहिलेसम्म लुटपाटमा सहभागी भएको आरोपमा १५ जनालाई समातिसकेको छ र त्यसमध्ये चार जना माथी लुटपाटको आरोप लगाइएको छ ।