कंगना रनोटले एक पटक फेरी ऋतिक कन्ट्रोवर्सीमा आफ्नो साइड राखेकी छिन् । हालैमा कंगनाले एक लीडिंग म्याग्जिनलाई अन्तर्वार्ता दिँदै एकपटक फेरी ऋतिकलाई निशाना गर्दै भनिन्, ‘इन्डस्ट्रीका सबै मान्छेहरु कहाँ गएर आफ्नो विचार राखे तर मलाई नै नराम्रो सोचे । जब यो घट्ना घटेको थियो तब उस (ऋतिक) ले इन्डस्ट्रीका सबै व्यक्तिहरुसँग गएर आफ्नो दुख पोखेका थिए । सबैलाई मेरो करियर खराब गर्न उस्काएका थिए । तर, मान्छेहरु मलाई फोन गरेर भनिरहेका थिए कि उँ हामीसँग मिले र हामीलाई प्रूफ पनि देखाए । के तपाई हामीसँग मिल्न चाहनुहुन्छ ? किनकी हामी यो घट्नाको विषयमा तपाईको पनि विचार सुन्न चाहन्छौ ।’
कंगनालाई मिलेको थियो धम्की
कंगनाले आफ्नो अन्तर्वार्तामा भनिन्, ‘उनले मलाई खुल्लेआम धम्की पनि दिएका थिए । भनिरहेका थिए कि उनी केही स्टेटमेन्ट्स रिवील गर्नेछु । सबै कुरा बाहिर आउनेछ । यहाँसम्मकी उनले भनिरहेका थिए कि एक्सपोज गर्नेछु, तब सबै शक्ड हुनेछन् । यस्ता धेरै कुराहरु उनले भनेका थिए । तर यस्तो केही थिएन, मलाई थाहा थियो कि यो सबै एक गेम प्लानको हिस्सा थियो । मलाई थाहा छैन उनी त्यो के बाहिर ल्याउन चाहिरहेका थिए तर त्यस्तो केही थिएन । यो सबै धम्की थियो ।’