सामान्य मानिसहरुको सामान चोरी हुनु सामान्य कुरा हो तर बलीउडका केही यस्ता सुपरस्टार छन् जसको घरमा समेत चोरी भएको छ । कति स्टारको त घरमा काम गर्ने नोकरहरुले नै महँगा समानहरु चारिदिएका छन् । केही सेलिब्रिटीका समानहरु एयरपोर्टबाट चोरी भएका छन् । टाइट सुरक्षामा हुदाँ समेत उनीहरुको सामान चोरहरुले सजिलै चोर्ने समेत गरेका छन् । कुन सेलीब्रिटीको सामान कसरी चोरले चोरे आउनुहोस् हेरौ ।
१. करिना कपुर
सन् २००९ मा करीना कपुरको घरमा चोरी भएको खबर बाहिर आएको थियो । घरमा काम गर्ने नोकरले करिनाको मोतिको एक थान सेट र रिंङ तथा डेढ लाख रुपैया चारेका थिए । करिनाको घरबाट चोरले करिब साढे २ लाख रुपैया चोरेको बताइएको थियो ।
२. सुनील सेट्टी
फिल्म ‘नो प्रोबोलम’ को सुटिङको दौरान जोहान्सबर्गमा सुनील सेट्टीको सामानहरु चोरी भएका थिए । डरबनमा उनको करिब ६० हजार डलर चोरले लुटेको थियो ।
३. काजोल
बलिउड अभिनेत्री काजोल घरबाट सन् २०१३ मा १७ वटा सुनका चुरा चोरि भएका थिए । यो कुरा उनलाई तब थाहा भयो जब उनले ती गहनाहरु करवा चौथीमा लगाउन दराज खोलेकी थिइन् । प्रहरीले अनुसन्धान गरेपश्चात घरमा काम गर्नेहरुले चोरी गरेको रहस्य बाहिर आएको थियो ।
४. नेहा घुपिया
नेहा धुपिया अहमदाबादमा एउटा कारको लन्च इभेन्टमा पुगेकी थिइन् । तब उनको आइपेड चोरी भएको थियो । उनी आफ्नो म्यानेजरसँग कारमा आएकी थिइन् । बाहिर भिड भएका बेला उनको आइपेड कसले चोर्यो थाहै नभएको उनले बताएकी थिइन् ।
५. मनस्वी ममगई
‘एक्सन ज्याक्सन’ फिल्मबाट आफ्नो करिअर सूरु गरेकी मनस्बीको हङकङ एयरपोर्टमा झोला चोरी भएको थियो । उनको ह्याण्ड ब्यागमा डिजाइनर ड्रेसस र मँहगा ज्वेल्र्स रहेको उनले बताएकी थिइन् ।
६. सोनम कपुर
सोनम कपुरको हालै ५ लाख रुपैयाको हिराको हार चोरी भएको छ । उनकै घरबाट चोरी भएको सोनम कपुरकी आमाले बताएकी छिन् । उनले यसबारे प्रहरीमा उजुरी समेत दिएकी छिन् ।
७. शक्ति कपुर
बलिउडमा खतरनाक लुक भएका शक्ति कपुर पनि चोरबाट पिडित भएका मध्ये एक हुन् । उनलाई चोरले पिटेर घाइते समेत बनाएको थियो । चोरले उनको कानमा लगाएको रिङ तानको थियो । यो घटना बैंककबाट कानपुर फर्कैदै गर्दा भएको थियो । उनको कानमा लगाएको रिङको मुल्य ५ लाख पर्ने बताइएको थियो ।