आफ्नो संघर्षका क्रममा धेरै दुःख सहेका मानिसहरुमा केही कुरा चाहि समान हुन्छ । जब उनीहरु धेरै दुःख सहेर आफ्नो सफलताको कथा आफै कोर्छन् त्यतिखेर उनीहरुलाई सबै कुराले पुगेको हुन्छ । उनीहरुमा ज्ञान आँउछ कि केही कुरा पनि सजिलै प्राप्त गर्न सकिँदैन ।
जब हामी बलिउड अभिनेता सोनु सुदको बारेमा कुरा गछौँ, तपाईलाई थाहा नहोला उनले पनि आफ्नो भागको धेरै दुःखहरु झेलेका छन् जसले उनलाई सधैं भुँइतर्फ झुक्ने बनाएको छ । उनको अन्तराष्ट्रिय रिलिज ‘कुङ फु योगा’ ले एकपटक फेरी धेरै दुःख र मेहनत गरेमा मानिसले सफलता पाउने प्रमाणित गरिदिएको छ ।
एक दैनिक अखबारलाई अन्तर्वार्ता दिँदै सुदले आफ्ना सुरुवाती दिनहरु सम्झेका छन् । उनले भनेका छन् ‘धेरै वर्ष पहिले मैले एक्सप्रेस ट्रेनमा मुम्बई आउनको लागि चालु टिकटको प्रयोग गर्थे त्यतिखेर मसँग टिकट रिजर्भेसन् गर्ने पैसा समेत थिएन । तर, आज म संसारकै सबैभन्दा ठूला मध्य एक स्टार ज्याकीलाई भारतमा ल्याउन प्राइभेट जेट पठाउन सक्छु ।’
‘म एक्लैले उनको भारतमा बस्ने व्यवस्था मिलाउन र उनको सम्मान र फिल्मको प्रचारको लागि भव्य कार्यक्रम गरेको हो । म सोच्छु यो मेरो माता पिताले यो हेर्न पाउनु भएको भएकति राम्रो हुन्थ्यो ।’ उनले भनेका छन् । यी अभिनेताका पिताको केही महिला पहिले निधन भएको थियो ।