केही महिना अगाडीसम्म गायिका ज्योति मगर र मोडल तथा नायिका अर्चना पनेरुको चर्चाले नेपाली सिने बजार राम्रै गर्माएको थियो । छोटो कपडामा अन्तर्वार्ता देखी स्टेजमा आफ्नो प्रस्तुती दिँदै गर्दा कपडा खोलेर धुम मच्चाउने ज्योति मगर र चलचित्र ‘छेस्को’ र ‘जिस्म’ मा न्यूड सीन दिएर चर्चामा आएकी अघोषित पोर्नस्टार अर्चना पनेरुको चर्चा विस्तारै नेपालमा भने सेलाउँदै गएको छ । तर, अहिले अर्चना पनेरुको चर्चा बलीउडमा चुलिएको छ । केही दिन अगाडी ‘बलीउडभाष्कर’ अनलाइनले ‘अर्चना पनेरु नेपालकी सनी लियोनी’ भन्दै समाचार प्रकाशन गरेपछि अहिले अर्चनाको चर्चाले बलीउड गर्माउन थालेको छ । यसले चाँडै अर्चनालाई बलीउड चलचित्रबाट अफर आउने संकेत पनि देखाउँछ । अहिले बलीउडका चर्चित अनलाइनहरुले ‘अर्चना नेपालकी सनी लियोनी’ भन्दै समाचार प्रकाशन गरिरहेको अबस्थामा बलीउडको अर्को अनलाइन ‘पञ्जाब केशरी’ ले पनि अर्चनाको बारेमा समाचार प्रकाशन गरेको छ । तर, अचम्म त के छ भने ‘पञ्जाब केशरी’ अनलाइनलले अर्चना पनेरु भन्दै नेपालकी हट गायिका ज्योति मगरको फोटो बलीउड अभिनेत्री सनी लियोनीको फोटोसँग जोडेर ‘यी हुन् नेपालकी सनी लियोनी अर्चना पनेरु, उनको बोल्ड तश्वीरले उडाउँछ होश’ भन्दै लेखेको छ । समाचार अर्चना पनेरुको बारेमा भएपनि तश्वीर भने सनीसँग जोडेर ज्योति मगरको राखिएको छ । सनी लियोनी, अर्चना पनेरु र ज्योति मगरको गरि उक्त अनलाइनले समाचारसँग ३० वटा तश्वीर प्रकाशन गरेको छ । सायद बलीउड अनलाइनहरुले पनि छुट्याउन मश्किल परेको जस्तो छ कुन हुन ज्योती मगर र कुन हुन् अर्चना पनेरु ।
बलीउड अनलाइन ‘पञ्जाब केशरी’ मा प्रकाशित अर्चना पनेरुको समाचार हेर्न यहाँ क्लिक गर्नुहोस् ।