गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘परदेशी’ मा मुख्य भूमिका निर्वाहा गरेका नरेन खड्का अभिनित अर्को नयाँ चलचित्र ‘मन्दिरा’ को हालैमा छायाँकन सकिएको छ ।
पोखरा लगायतका ठाउँहरुमा खिचिएको चलचित्र ‘मन्दिरा’ मा नरेन एक लभर व्वायका रुपमा देखिनेछन् । हरि भट्टको निर्माण रहेको यस चलचित्रलाई दीपेश सापकोटाले निर्देशन गरेका हुन् । सस्पेन्स ड्रामा चलचित्र भनिएको ‘मन्दिरा’ मा नरेनका अलवा विनिता ओली, विनी पोखरेल, जेबी डिसी, प्रवण भूषाल, लक्ष्मी भूषाललगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा देव राइको संगीत, सुसन प्रजापतिको छायाँकन रहेको छ । सुपरहिट चलचित्र ‘परदेशी’ मा कामगरेपछि निर्माताहरुको रोजाईमा पर्न थालेका नरेनका लागि ‘मन्दिरा’ ले कस्तो रिजल्ट दिने हो त्यो भने चलचित्र रिलिज पछि नै थाहा हुनेछ ।