हलीउड सिंगर माइली साइरसले आफ्नो घरमा लक्ष्मी पुजा गरेकी छिन् । यस दौरान उनले माता लक्ष्मीलाई फलफूल, हलुवाको भोग लगाइन र अगरबत्तीसँगै दियो पनि जलाइन । पुजाको तश्वीर उनले सोमबार इंस्टाग्राममा शेयर गरेकी छिन् । फोटोमा माइली साइरसका साथमा गुरु पनि देखिएका छन् । माइलीले घरको हालैमा कुशन र फूलले सजाएकी थिइन र विधि विधान अनुसार पुजापाठ पनि गरेकी थिइन । यसका लागि उनले पण्डितलाई पनि बोलाएकी थिइन ।