दृष्टिविहिन युवती सृष्टि केसीमाथी बन्न लागेको चलचित्र ‘ब्लाइन्ड रक्स’ को छायाँकन सोमबार कमलपोखरीस्थित सिटी सेन्टरदेखि सुरु भएको छ । त्यसभन्दा अगाडी चलचित्रको विहान गणेश मन्दिरमा शुभसाइत गरिएको थियो । हिमालयन जाभा कफी सपमा मुख्यकलाकार बेनिशा हमाल र अर्पण थापाले पहिलो सट दिएका थिए । ‘सोमबार लभर जोडीबीच द्धन्द्ध उत्पन्न हुने सिक्वेन्स हो’ पर्दामा सृष्टि केसी बन्न लागेकी बेनिशाले भनिन् । हाउभाउदेखि गेटअपसम्म दुरुस्तै सृष्टिलाई उतारेकी बेनिशाले रोल चुनौतिपूर्ण रहेको बताइन् । प्रेमीको रुपमा देखिन लागेका थापाले आफ्ना लागि नयाँ भूमिका च्यालेन्जिङ रहेको बताए ।
निर्देशक मिलन चाम्सले नेपाल र भारतमा सुट गरिने सिनेमाको सुटिङ अवधि ३५ दिन हुने बताए ।
चलचित्रमा बेनिशा र अर्पणको अलवा गौरी मल्ल र बैंकर अनिल शाहको पनि मुख्य भूमिका रहेनछ ।