‘दंगल’ फिल्मको सक्सेसको पार्टीमा बलिउडका धेरै सेलिब्रिटीहरु पुगे । यसै मौकामा निर्माता निर्देशक विधु बिनोद पनि पुगे । फिल्म दंगलको सफलताबारे उनलाई प्रश्न गरिएको थियो । तर, उनले आश्चर्य लाग्दो जबाफ दिए । उनले भने,‘फिल्म दंगल सफल हुनुमा फिल्मको कथाबस्तु बलियो हुनु हो । आमिर खानको स्टार पावरको हात रहेको छैन ।’
उनले आमिर खानका केही राम्रा फिल्महरुले विजनेश नगरेको पनि मिडियालाई बताए । उनका अनुसार आमिर खानले मात्रै फिल्म चल्ने भए उनका फ्लप फिल्महरु पनि धेरै चल्नुपर्ने थियो । उनी भन्छन्,‘आमिर खान कुनै किङ होइनन् । बक्स अफिसमा उनको राम्रो रेकर्ड छ । यसको एउटामात्र कारण छ फिल्मको कथाबस्तु । फिल्मको कथाबस्तु नै किङ हो ।’
उनी भन्छन्,‘ अब फिल्मले नयाँ मोड लिइसकेको छ । फिल्ममा मिठा गीतहरु, अलिकति एक्सन, अलिकति कमेडीका भरमा फिल्म हिट हुन्छ भन्ने गलत मानसिकता हटेको छ । फिल्ममा हुने बलियो कथा नै फिल्मको सफलताको राज हो ।’