अभिनेता संजय दत्तमाथी आफ्ना छिमेकीहरुलाई राम्रोसँग सुत्न नदिएको आरोप लागेको छ । यो कुरा उनकै छिमेकीहरुले बताएका हुन् । मुम्बई पाली हिलमा रहेका मानिसहरुले प्रहरीमा उजुरी दिएका थिए । छिमेकीहरुका अनुसार संजय दत्त राति चर्को आवाजमा गाना बजाएर पार्टी गर्छन् । यस पश्चात दुई पटकसम्म संजयको घरमा प्रहरी आइसकेको थियो । उनलाई भोलुम कम गरेर पार्टी गर्न प्रहरीले आग्रह गरेका थिए । संजय दत्त बलिउडमा पार्टीमा रमाउन निकै उत्साहित रहन्छन् । तर, उनको घरमा पार्टी गर्नु छिमेकीका लागि भने समस्याको विषय बनेको छ । पाली हिल रेजिडेन्स एसोशियसनका अध्यक्ष डा. अमिताभ शुक्लाले एक पत्रिकासँग कुरा गर्दै भनेका छन्,‘जनवरी १४ को कुरा हो । संजय दत्त आफ्नो छतमा पार्टी गर्दै थिए । आवाज यति चर्को थियो कि हामी सुत्न पाएनौ । हामीले जब प्रहरीमा यसबारे उजुरी गर्यौ एक महिला प्रहरीले उजुरी दर्ता गरिन् तर केही कारबाही भएन ।’
‘गीतको आवाज कम नभएपछि पुन राति साढे १ बजे फोन गरियो । प्रहरीले यो पटक भने केही आश्वासन दियो । हामीले १५ मिनेट कुर्यौ । त्यसपछि गीतकोका भोलुम कम भयो । केही छिनपछि बन्द नै भयो ।’ यस्तो समस्या बारम्बार भइरहेको उनका छिमेकीहरुले बताएका छन् ।