शाहरुख खान, अमिताभ बच्चन, जुही चावला स्टारर बलीउड चलचित्र ‘भुतनाथ’ निर्देशन गरेका बिबेक शर्माको नेपाली चलचित्र ‘मेरो पैसा खोइ’ को छायाँकन मंगलबारबाट सुरु भएको छ । केही दिन अगाडी चलचित्रकी लीड नायिका बर्षा सिवाकोटीले हात झिकेपछि उनको ठाउँमा छुल्ठिम गुरुङ (डल्ली) लाई भित्राउँदै निर्माणपक्षले छायाँकन आरम्भ गरेको हो । छुल्ठिमसँगै चलचित्रमा सौगात मल्ल, बर्षा राउत, सागर तिवारी, सम्पन्न श्रेष्ठ, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेनछ । मंगलबार शुभमुहुर्त गर्दै बिबेक शर्माले निर्देशन गर्ने नेपाली चलचित्र ‘मेरो पैसा खोइ’ मा बलीउड कलाकार जुही चावला र राजपाल यादवको पनि विशेष भूमिका रहनेछ । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहने यो चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रलाई रोज राणाले निर्माण गर्न लागेका हुन ।