बलीउड अभिनेत्री कंगना रनोट आजकल फिल्म रंगुनको प्रचारमा व्यस्त छिन् । अहिले फिल्ममा उनले दिएको बोल्ड अवतारको खुबै चर्चा छ । एउटा विशेष कारणले उनी अर्कोतर्फ चर्चामा रहेकी छिन् । उनले बलीउडमा करिअर सुरु गरेको १८ वर्ष भइसकेको छ । उनले बलीउडमा आउनुपुर्व एक व्यक्तिसँग भेट भएको थियो । ती व्यक्तिदेखि कंगना निकै इप्रेश भएकी थिइन् । उनी अरु कोही नभई उनको योग गुरु सुर्य नारायण हुन् । बलीउडमा आफ्नो स्थान सुरक्षित राख्न धेरै मेहनत गरेकी कंगनाले धेरै फिल्महरुमा अभिनय गरिसकेकी छिन् । उनका धेरै फिल्महरु सफल पनि रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनले आफ्नो योग गुरुलाई २ करोड भारतीय रुपैयाँ बराबरको गिफ्ट दिएकी छिन् । कंगनाले गिफ्ट गरेको फ्याल्टमा एउटा लामो बाल्कोनी रहेको छ जहाँ उनले आफ्नो योग क्लास चलाउने छन् ।
मिडिया रिपोर्टका अनुसार योग गुरुलाई एउटा फ्ल्याट गुरुदक्षिणा स्वरुप दिएकी हुन् । योग गुरु यस्ता व्यक्ति हुन् जसले कंगनाको राम्रो नराम्रो समयमा साथ दिएका छन् । उनले कंगनासँग हालसम्म कुनै पनि कुराको डिमाण्ड गरेका थिएनन् । तर, आफ्नै शिष्यबाट यस्तो गिफ्ट पाउँदा निकै खुसी लागेको बताएका छन् ।