बलीउड फिल्मका एक अभिनेताले दीपिका पादुकोणबारे आफ्नो विचार राखेका छन् । उनको खुलासा सुनेर धेरै आश्चर्यमा समेत पर्न सक्छन् । उनले दीपिकालाई लामो समयसम्म किस दिन चाहन्छन् ।
यस्तो बताउने अरु कोही नभई बलीउड अभिनेता टाइगर श्राफ हुन् । उनलाई प्रश्न गरिएको थियो कि एकदिनका लागि रणविर सिंह भएमा के गर्नेछौ ?
जबाफमा टाइगरले दीपिकालाई लामो समयसम्म किस गर्न चाहेको बताएका थिए । रणवीरले धेरै नै किसिङ सिन गरेपनि दीपिकासँग किस गर्नुको विशेषता अर्कै रहेको समेत उनले बताए । उनले ‘कफी विथ करण’ मा करण जोहरले सोधेको प्रश्नमा दीपिकाबारे उनले यस्तो टिप्पणी गरेका हुन् ।