बलीउड अभिनेता सलमान खान आफ्नो राम्रो र नराम्रो सम्बन्धलाई निकै गम्भिरताका साथ लिने गर्छन् । जब मित्रता गाँस्छन् तब मित्रताको सबै मर्यादा पालना गर्छन् । जब दुश्मनीको कुरा आउँछ तब पनि कोही भन्दा पछि पर्दैनन् । अभिनेता वरुण धावनले सलमान खानलाई एक पटक निकै रिस उठाएका थिए । सन् १९९७ मा आएको फिल्म जुड्वा २ को सुटिङको क्रममा उनले सलमान खानलाई अंकल भनेका थिए । यस कारण सलमान वरुणसँग रिसाएका थिए ।
वरुणले भनेका छन्,‘जब सलमान खान सुटिङका लागि सेटमा आएका थिए तब मैले सलमान अंकल भन्दै कराएको थिए । सलमान खानले मलाई बोलाएर अंकल नभन्न भने । सलमानले अर्कोपटक अंकल भनेमा डेविड धावनको छोरा भनेर नछोड्ने र झापड हान्ने उनले बताएका थिए । आफुलाई सलमान भाइ भन्न सलमानले भनेका हुन ।’
जुड्वा २ का लागि वरुण धावन तयारी गरिरहेका छन् । उनका पिता डेबिड धावनले यस फिल्मलाई बनाउन लागेका हुन् । यस फिल्मको निर्माता भने साजिद नाडियावाला हुन् ।