पपुलर टिभी तथा बलीउड अभिनेत्री साक्षी तंवरले हालैमा नयाँ लग्जरी कार वल्वो S90 सेडान किनेकी छिन् । यो कारको अनरोड मूल्य करिब ६२.५ लाख भारतीय रुपैयाँ रहेको छ । हालैमा वल्वो S90 लाई एक कार फेस्टिवलको दौरान डिजाइन अफ दि ईयरको अवार्ड पनि मिलेको थियो । टिभीमा पार्वती (कहानी घर घर की) र प्रिया राम कपूर (बड़े अच्छे लगते हैं) जस्ता रोल्समा पपुलर भएकी साक्षीले चलचित्र ‘दंगल’ मा आमिर खानकी श्रीमतीको भूमिका निर्वाहा गरेकी थिइन ।