बलीउड अभिनेत्री प्रियंका चोपडाको नाकबारे बारम्बार चर्चा भइरहेको हुन्छ । उनले नाकको सर्जरी गराएकी हुन् भन्ने दाबी बलीउडमा लामो समयदेखी चल्दै आइरहेको छ । यो विषयमा अहिलेसम्म प्रियंकाले कुनै जबाफ दिएकी छैनन् । तर, अब उनले यस्ता हल्लालाई पूर्णविराम लगाउँदै यो अफवाह मात्र भएको बताएकी छिन् । टिभी च्यानल एबिसीको ‘टक शो’ ‘द भ्यु’मा प्रियंका यसरी खुलेकी हुन् । ‘यो मेरो ओरिजिन नाक हो । मैले अहिलेसम्म कुनै पनि अंगको सर्जरी गराएकी छैन । म जे छु, नेचुरल छु,’ उनले कार्यक्रममा भनिन्, ‘फिल्मी करिअर सुरु नहुँदै मेरो एक निर्देशकसँग भेट भएको थियो । उनले मेरो शरीरको राम्रैसँग मजाक उडाएका थिए।’ मिस वल्र्ड जितिसकेकी प्रियंकालाई ती निर्देशकले तिम्रो नाक शरीरको अनुपातमा छैन, तिमी कसरी मिस वल्र्ड भयौ ? भनेका रहेछन् । ‘ती निर्देशकले मलाई कुनै कोणबाट पनि राम्री मानेनन् । कहिले नाकको मजाक उठाए त कहिले मेरो उचाइ, अनि ओठको,’ प्रियंकाले स्मरण गरिन्, ‘तर, म निरास भइनँ ।’