चैत ४ गतेलाई रिलिज मिति फाइनल गरिएको लभस्टोरी चलचित्र ‘यो साइनो मायाको’ ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच निर्माणपक्षले ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै चलचित्रको म्यूजिकल ट्रेलर सार्वजनिक गरेको हो । प्रेमभाव बोल्ने ट्रेलरमा चलचित्रका मुख्य कलाकार जतिन ताम्राकार र रेश्मा घिमिरेको हाँसो र रोदनलाई मुख्य केन्द्रविन्दुमा राखिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा नै चलचित्रका निर्माता रामकुमार श्रेष्ठले ‘यो साइनो मायाको’ सिक्वेल निर्माण गर्ने घोषणा पनि गरे । अरुणकुमार प्रधान निर्देशित यो चलचित्रमा जतिन र रेश्माको अलवा किशोर भण्डारी (डिट्ठा साब), राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नवनित प्रधान, काशिस शर्मा, प्रतिला थापा, मनोज खतिवडा, गौरव खतिवडा, सागरा डंगोल र सुनिल सुब्बाको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई काठमाडौंमा सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।