नेपालका विभन्न १४ जातजातिका परम्परागत पहिरनहरु पहिलो पटक अमेरिकाको अन्तर्राष्ट्रिय फेसन शोमा प्रदर्शन गरिएको छ । शनिबार राती न्यूयोर्कमा सम्पन्न ‘वल्र्ड फेसन परेड’ द्वारा आयोजित ‘न्यूयोर्क फेसन विक–३’ मा नेपालबाट सहभागीता जनाएकी फेसन डिजाइनर तथा ‘अझै पनि’ चलचित्र समेत निर्माण गरिसकेकी निर्मात्री पूनम क्षेत्री गौतमले तयार पारेका विभिन्न पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले प्रदर्शन गरेका हुन् ।
‘नेपाल सांस्कृतिक रुपले सुन्दर तथा धनी छ’ भन्ने सन्देशसहित डिजाइनर गौतमले तयार पारेका पहिरनहरु फेसन शोमा प्रस्तुत गरिएको हो । वल्र्ड फेसन शोले आयोजना गरेको उक्त फेसन शोमा प्रदर्शन गरिएका नेपाली पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले नै प्रस्तुत गरेका हुन् ।
फेसन शो सम्पन्न भए लगत्तै आफूलाई विश्वका स्थापित फेसन डिजाइनरहरुले बधाइ दिएको बताउँदै डिजाइनर गौतमले भनिन्—‘अन्य डिजाइनरका कमर्सियल पहिरन प्रदर्शन गरिँदा मैले नेपाली मौलिक कला तथा संस्कृती झल्कने पहिरन तयार पारेकोमा अधिकांशले नेपाली पहिरनको प्रसंसा गरेकोमा म असाध्यै हर्षित भएकी छु ।’फेसन शोमा डिजाइनर गौतमले तयार पारेका ब्राम्हण, क्षेत्री, शेर्पा, तामाङ, गुरुङ, थारु, राउटे, राजकीय, मगर, नेवार, मैथिली आदि जातिका मासिनहरुले लगाउन परम्परागत पहिरनहरु प्रदर्शन गरिएको थियो । उक्त फेसन शोमा नेपाली डिजाइनर गौतमसहित विश्वका १५ जना डिजाइनरहरुले आफ्ना पहिरन प्रदर्शन गरेका थिए ।