भदौ १७ गते प्रदर्शनमा आउन लागेको नायक रमेश उप्रेती कमब्याक फिल्म ‘ब्रासलेट’ को प्रचार प्रसार अहिले पूर्वका विभिन्न जिल्लाहरुमा सुरु गरिएको छ । ‘लालजोडी’ सँग एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रको प्रचारमा नायक रमेश उप्रेती, निर्माता केशव भट्टराई र निर्देशक निर्मल शर्मासँगै निर्माता छविराज ओझा र नरेन्द्र महर्जन पनि देखिएका छन् । निर्माता केशव भट्टराईले केही दिन पूर्वका विभिन्न जिल्लाहरुमा चलचित्रको प्रचार गरेपछि काठमाडौं फर्किने जानकारी दिए । लामो समय अमेरिका बसाईपछि नेपाल फर्किएर ब्रासलेटमा काम गरेका रमेश उप्रेतीले पूर्वका विभिन्न सञ्चारमाध्यमहरुलाई दिएको अन्तर्वार्तामा आफ्नो लागि चलचित्र ब्रासलेट विशेष रहेको बताएका थिए । उनले चलचित्र ब्रासलेट नारी प्रधान रहेको पनि बताएका छन् । ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाइरहेको चलचित्र ब्रासलेट सामाजिक कथावस्तुमा आधारित भएका कारण दर्शकहरुले चलचित्र मन पराउने निर्देशक निर्मल शर्माले जानकारी दिए । चलचित्रमा रमेशका अलवा जनी केसी, नम्रता सापकोटा, नीर शाहको अभिनय रहेको छ।