मानिस मायामा कतिसम्म डुब्नसक्छ वा भनौ के के गर्नसक्छ यो इतिहासका पानामा प्रष्ट छन् । आम मानिसका झै बलिउड सेलिब्रिटी पनि यसबाट अछुतो छैनन् । यिनमा एक थिइन् बलिउडकी चर्चीत अभिनेत्री परवीन बाबी । परवीन आफ्नो एक्टिङ करिअरमा उचाइमा रहेकी थिइन् जब उनले महेश भट्टलाई आफ्नो मन दिइन् । सन् १९७७ मा दुवैजनाको मायाप्रेम पनि उचाईमा रहेको थियो । त्यतिखेर महेश भट्ट विवाहित थिए । उता परवीन भने कबिर बेदीसँग ब्रेकअप गरेर बसेकी थिइन् । ब्रेकअपबाट बाहिर आउन उनले महेशको साथ लिइन् । उनीहरु लिबिङ टुगेदर रिलेशनमा बस्न थाले । उनीहरुबीच यस्तो प्रेम थियो कि उनीहरु एकअर्काको परिवारलाई समेत पुरै बेवास्था गर्न थालेका थिए ।
परवीन महेशको मायामा यतिसम्म डुबेकी थिइन् कि एक रात उनीहरुबीच भएको झगडाले प्रष्ट देखाइ दिएको थियो । केही कुरामा चित्त नबुझेपछि परबिनसँग रिसाएर महेश हिँडेका थिए । तब, परबीन महेशको पछाडि दौडिएकी थिइन् । उनमा यति पनि होस रहेन कि उनको शरिरमा कपडा समेत थिएन ।