बलिउड अभिनेता रणवीर सिंह मिडियासँग खुलस्त बोल्ने अभिनेताका रुपमा परिचीत छन् । तर, उनी दीपिकाका विषयमा भने त्यति बोलेको पाइदैन । दिपिकासँगको सम्बन्धबारे आफु मौन नै बसेको उनले बताएका छन् । दीपिकासँगको सम्बन्ध नितान्त व्यक्तिगत भएका कारण पनि आफु यसबारे बोल्न नचाहेको उनले बताएका छन् ।
उनले एक अन्तर्वार्तामा भनेका छन्,‘सानो कुरामा पनि ठुलो हल्ला हुने वातावरण हुन थालेको छ । म यसलाई बढावा दिन चाहान्न । सो यसकारण पनि धेरै बचाउ स्वभावको हुन थालेको छु । म मेरा जीवनका केही कुरालाई जोगाएरै राख्न चाहान्छु ।’
उनले बलिउडमा प्रवेश गरेको ६ वर्ष पुरा भएको छ । उनको यो यात्रा हालसम्म सफल पनि रहेको छ । ३१ वर्षीय अभिनेताका अनुसार बलिउडमा विभिन्न अनुभवी व्यक्तिसँग काम गर्न पाएकोमा आफु अत्यन्त खुसी समेत भएको बताएका छन् । हाल उनी संजय लिला भंसालीले बनाइ रहेको फिल्म ‘पद्मावति’ मा व्यस्त रहेका छन् ।