काठमाडौंको भिमसेनगोलामा सञ्चालनमा आएको ‘कलेक्टिभ फेमिली स्टोर’ को मंगलबार पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ, नायिका सुष्मा कार्की, गायक बाबु बोगटी, हिमाल सागर, गायिका जुना प्रसाई, नायक गौरव पहारी, हाँस्य कलाकार विल्सन विक्रम राईले एकसाथ उद्घाटन गरेका छन् । लिङ्देन ब्रान्डका सम्पूर्ण सामान पाइने यो स्टोरमा परिवारका लागि सम्पूर्ण सामान पाइने म्यानेजिङ डिरेक्टर राजेन्द्र लिङ्देनले बताए । उनका अनुसार, एउटा परिवारका हरेक उमेरका मानिसहरुका लागि हरेक प्रकारका सामानहरु उक्त स्टोरमा पाइनेछ । फ्रेवुअरी १४, १५ र १६ तारिखमा ३० प्रतिशतको छुट रहेको लिङ्देनले बताए । यो स्टोरमा वेवी टोए, पावर ब्याङ्क, विद्युतिय सामाग्री, विभिन्न ब्रान्डका पहिरन, ब्लाङ्केट, व्यूटी प्रोडक्ट पाइन्छ । यस्तै, सोहि भवनमा ‘हट लिप्स’ नामक रेष्टुरेन्ट पनि संचालनमा ल्याइएको छ । जहाँ बार, मिटिङ हल पनि उपलब्ध छ । स्टोर उद्घाटन कार्यक्रममा पुगेका कलाकारले उपस्थित दर्शकलाई आफ्नो प्रस्तुतीबाट मनोरञ्जन पनि दिएका थिए ।
उद्घाटन कार्यक्रममा उक्त स्टोरका सञ्चालक समेत रहेका हास्यकलाकार विल्सन विक्रम राइ (तक्मे बुढा) ले दर्शकलाई आफ्नो कमेडीबाट मनोरञ्जन दिँदा गायक बाबु बोगटी र विनोद खम्बुले गीत गाएका थिए । ‘तक्मे बुढा’ ले आफ्नो कमेडी प्रस्तुत गर्दा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ जस्तै प्रेमिका सबै केटाहरुले पाउन भन्दै दर्शक हँसाएका थिए । उनले आफुलाई श्रृष्टी श्रेष्ठ खुबै मन पर्ने पनि बताए । त्यस्तै, स्टोर उद्घाटन कार्यक्रममा नायक गौरव पहारी अहिलेको चर्चित गीत ‘साइली’ मा नृत्य गर्दा दर्शकले हुटिङ गरेका थिए ।