बलीउड र कन्ट्रोभर्सीको ठुलो गहिरो नाता रहेको छ । कहिले फिल्ममा देखाइएका दृश्यका कारण आपत्ति अवस्था सिर्जना भएका छन् । फिल्मको विरोधमा आन्दोलन तथा नाराबाजी भसमेत भएका छन् ।
यस्तै फिल्मको टाइटलकै कारण पनि बलिउडमा ठुलो विवाद मच्चिएको छ । फिल्म मेकरहरुलाई धेरै कुरा झेल्नुपर्ने भएका कारण पनि राखिसकेको नाम परिवर्तन गर्न उनीहरु बाध्य हुने गरेका छन् । बलिउडमा केही यस्ता फिल्महरु रहेका छन् जसका नामकै कारण बलिउडमा बबाल मच्चिएको थियो ।
१. होलिडे
अक्षय कुमारको फिल्म ‘होलिडे’ रिलिजको समयमा बबाल मच्चियो । फिल्मको नामलाई लिएर फिल्ममेकर विपुल शाह र पुजा भट्टबिच झगडा नै पर्यो । पुजा भाटले बिपुल शाहलाई फिल्मको नाम चोरेको आरोप लगाएकी थिइन् । अन्तत विपुल शाहले यसमा बाजी मारे । फिल्ममा बक्स अफिसमा राम्रो व्यवसाय गरेको थियो ।
२. आर राजकुमार
शाहिद कपुरको फिल्म ‘आर राजकुमार’ को पहिलो नाम रम्बो राजकुमार राखिएको थियो । फिल्मका निर्देशक प्रभुदेवाले यसको नाम परिवर्तन गरिदिए । रेम्बो सिरिजका मेकर्सले नाममा आफ्नो कपी राइट भएको दर्ता गराएपछि उनले यसो गरेका थिए ।
३. गोलियोकी रासलिलाः रामलीला
फिल्ममेकर संजयलीला भंसालीको फिल्म ‘रामलीला’ को रिलिज समयमा ठुलो समस्याको सामना गर्नुपरयो । ६ जनाले त ‘फिल्मको नाम’ लाई लिएर मुद्धा नै दर्ता गराए । फिल्मको नामलाई लिएर प्रदर्शनकारीहरुले तोडफोड समेत गरे । भगवान रामको नामलाई लिएर फिल्मले अश्लिलता फैलाउन खाजेको आरोप यस फिल्मलाई लागेको थियो ।
पछि निर्देशक संजय लिला भंसालीले फिल्मको नाम परिवर्तन गर्न आदेश दिएपछि फिल्मको नाम परिवर्तन गरी रिलिज भएको थियो ।
४. माइ नेम इज खान
शाहरुख खानको फिल्म ‘माइ नेम इज खान’ पनि ठुलो विवादमा पर्यो । तर फिल्म निर्माता करण जोहरले फिल्मको नाम नफेर्ने निर्णय गरे । फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्यो । शाहरुख र काजोलको जोडीले एकपटक फेरि सफलता पाएको थियो ।
५. बिल्लु
शाहरुख खानको होम प्रोडक्सन रेड चिलीसको व्यानरमा बनेको ‘बिल्लु’ रिलिजको बखतमा धेरै विवादमा रह्यो । फिल्मको असली नाम बिल्लु बार्बर रहेको थियो । तर शैलुन युनियनले ‘बार्बर’ नाम विरुद्ध उजुरी र नाराजुलुस गरेपछि फिल्मको नाम ‘बार्बर’ मात्र बनाइएको थियो ।