बलीउड अभिनेता साहरुख खान एसएस राजमौलीको फिल्म ‘बाहुबली २’ मा देखिने भएका छन् । यस फिल्ममा साहरुख खानको अतिथि भुमिका हुने बताइएको छ । यस फिल्ममा बाहुबली र भल्लादेवबीच शान्ति बनाउन साहरुख खानको भुमिका हुने बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार शाहरुखले हैदरबाद गइ आफ्नो भुमिका समेत सुट गरिसकेका छन् । राजमौलीले सुरिया वा मोहनलाललाई यस भुमिका दिने योजना बनाएका थिए । तर, योजना अनुसार नभएपछि साहरुखलाई उक्त भुमिका दिइएको हो ।
शाहरुख खान सलमान खानको आउन लागेको फिल्म ‘ट्युबलाइट’ मा पनि क्यामियो भुमिका रहेको छ ।
राजमौलीको बाहुबलीमा प्रभास, अनुष्का सेट्टी कलाकारहरुको प्रमुख भुमिका रहेको छ । फिल्म अप्रिल २८ मा रिलिज हुँदैछ ।