मास्टर ब्लास्टर सचिन तेन्दुलकर सन्यास लिएर पनि लाखौं प्रशंसकको दिलमा राज गरिरहेका छन् । उनै सचिनको जीवनीमाथी आधारित भएर निर्माण भएको डकुमेन्ट्री-फिचर फिल्म ‘सचिन : अ बिलियन ड्रीम्स’ को रिलिज मिति तय भएको छ। फिल्म २६ मेमा रिलिज हुनेछ ।
फिल्मका निर्माता रवि बागचन्द्र तथा कार्निभल मोसन पिक्चर्सले फिल्मको रिलिज मिति घोषणा गरेको हो। फिल्ममा आफ्नो भूमिकामा स्वयमं सचिनले अभिनय गरेका छन्। फिल्मलाई जेम्स एरकिनले लेखेका हुन्। फिल्ममा सचिनको क्रिकेटमा उदयको कथा देखाइनेछ। फिल्मले सचिनको जीवनका नछोइएका र नखोजिएका रहस्यहरूलाई सार्वजनिक गर्नेछ।