‘टर्मिनेटर’ फेम आर्नोल्ड स्वाजनेगरको आगामी फिल्म ‘आफ्टरम्याथ’ को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा आर्नोल्डलाई अहिलेसम्मकै फरक रुपमा देख्न सकिन्छ । अप्रिल ७ मा रिलिज हुने यो फिल्ममा उनी एक पति तथा बाबुको भूमिकामा देखिएका छन्। फिल्मले एयर ट्राफिक कन्ट्रोलरको लावरवाहीले प्लेन जुधेर दुर्घटनामा परेर श्रीमती तथा छोरी गुमाएको एक पात्रको कथा भन्छ। फिल्मका निर्देशक एलियट लेस्टर (ब्लिट्ज)ले हुन्। ‘आफ्टरम्याथ’ एक सत्य घटनामा आधारित फिल्म हो।