निर्देशक साम्तेन भुटियाले निर्देशन गरेको चलचित्र ‘सुस्केरा’ को टीजर सार्वजनिक भएको छ । प्रेमभाव बोल्ने टीजरमा चलचित्रका दुई मुख्य कलाकार सुरक्षा पन्त र स्वरुप पुरुष ढकालको हाँसो र रोदनलाई देखाउन खोजिएको छ । रिलिज मिति फाइनल नगर्दै सार्वजनिक गरिएको टीजरले प्रेम गर्न कत्ति मुश्किल हुन्छ भन्ने देखाउन खोजेको छ । मौरी प्रोडक्शनले निर्माण भएको यो चलचित्रमा चलचित्र अझै पनि बाट डेव्यू गरेकी सुरक्षा पन्त र नव-नायक स्वरुप पुरुष ढकाल मुख्य भुमिकामा छन् । संगीतकार समेत रहेका स्वरुप पुरुष ढकालले केही बर्षदेखी मुम्बईमा बसेर अभिनय सिक्दै आइरहेका थिए ।
नरेशदेव पन्त चलचित्र ‘सुस्केरा’ का कार्यकारी निर्माता हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । खबरका अनुसार, यो चलचित्रलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिनेछ ।