बलीउड अभिनेत्री एमी ज्याक्सनको मोबाईल ह्याक भएको छ । खबरका अनुसार, उनको मोबाईल ह्याक गरेर पर्सनल तस्वीरहरु अनलाइनमा लिक भएको छ । खासमा चेन्नई जानको लागि मुम्बईबाट एमीको कनेक्टिंग फ्लाइट थियो यसै समय उनी केही समयको लागि एक मोबाईल शपमा पसेकी थिइन् त्यतिखेरै उनको फोन ह्याक भएको हो ।
एक अन्तर्वार्तामा एमीले बताएकी छिन्,’जब मलाई यस बारेमा थाहा भयो त्यतिखेर म आश्चर्यचकित भँए । यो धेरै नै गम्भिर मामिला हो । मैले यसको लागि लण्डनको साइबर क्राइम सेलमा रिपोर्ट दर्ता गर्नेछु । आजको समयमा साइबर सुरक्षा धेरै आवश्यकता छ ।’
स्रोतका अनुसार केही दिन पहिले जब एमी र उनको साथीको डिनर गर्दै गरेको केही फोटोहरु सामाजिक सञ्जालमा लिक भए पछिमात्रै उनलाई आफ्नो फोन ह्याक भएको थाहा भएको हो । एमीले हाल रजनीकान्तको फिल्म ‘२.०’ को सुटिङमा व्यस्त छिन् ।