फिल्म हिट भएपनि लभ अफयेरको मामिलमा कंगना रणावत लक्की रहिनन् । आदित्य पन्चोली, अध्ययन सुमन, रितिक रोशन जस्ता अभिनेताहरु उनको जीवनमा आए । तर, उनीहरुसँगको सम्बन्धका कारण कंगना बदनाम मात्र हुन पुगिन् । यसका कारण कंगना आहत समेत भइन् । रितिक रोशनसँगको सम्बन्धबारे चलिरहेको विवादले अझै पनि मिडियामा स्थान पाइरहेको छ । हालै एक पत्रिकाले दिएको जानकारी अनुसार कंगनाले आफ्नो सम्बन्धबारे बोलेकी छिन् । उनले आफुले प्रत्येक सम्बन्ध सतप्रतिशत विश्वासका साथ निभाएको बताएकी छिन् । तर, आफुले सोचे जस्तो नभएको उनले बताएकी छिन् । कंगनाले ब्रेकअप पछि सम्बन्ध सुधारका लागि पनि पहल गरेको तर समयले आफुलाई पनि साथ नदिएको उनले बताएकी छिन् । कंगनाले विवाहप्रति आफुलाई अझै पनि विश्वास रहेको बताएकी छिन् । उनले यस वर्षको अन्त्यसम्म विवाह गर्न सक्ने संकेत पनि दिएकी छिन् । हाल उनको फिल्म ‘रंगुन’ रिलिजको तयारीमा रहेको छ ।