केही दिनदेखी यस्तो खबर भाइरल बनिरहेको थियो कि बलीउडस्टार शाहरुख खान यस बर्षको अवेटेड फिल्म ‘बाहुबली : द कनक्लूजन’ मा गेस्ट भूमिकामा देखिनेछन् । तर, अब फिल्मका निर्माताहरुले यो खबर हल्ला मात्र रहेको स्पष्ट पारेका छन् । मेकर्सले भने कि शाहरुख खान यो फिल्म देखिने छैनन् ।
फिल्मको आधिकारिक ट्विटरमा लेखिएको छ, “हामी आफ्नो फिल्ममा शाहरुख खानलाई देखाउन चाहन्छौ । यो को चाहँदैन् र ? तर, दुर्भाग्य अहिले बाहिर आएको खबर सबै अफवाह मात्र हो । त्यसमा सत्यता छैन ।”
‘बाहुबली : द ककनक्लूजन’ २०१५ मा रिलिज भएको फिल्म ‘बाहुबली स् द बिगनिंग’ को सिक्वेल हो । यसमा प्रभास, राणा दग्गुबाती, सत्यराज, तमन्ना भाटिया, राम्या कृष्णन मुख्य भूमिकामा रहेका छन् ।