बलिउडमा कमेडियनहरुको कमार्इ राम्रो । उनीहरुको डिमाण्ड पनि उत्तिकै रहेको छ । फिल्म बाहेक विभिन्न सोबाट पनि उनीहरुले मनग्य कमाइ गर्ने गर्छन् । उनीहरुले प्रयोग गर्ने कारहरु पनि उत्तिकै लक्जरियस रहेका छन् ।
आउनुहोस् हेरौं कुन कमेडियनको कार कस्तो छ :-
कपिल शर्मा
भारतका कमेडी किङ कपिल शर्मा सुभ–रेन्ज रोभर इभोक्यु कार चढ्छन् । उनको यस कारको मुल्य ५५.२ लाख देखि ९५.५३ लाख भारतीय रुपैयाँ पर्छ ।
मनिष पउल
कार्यक्रम उद्धोषण र कमेडी गर्नमा माहिर मनिष पउलले फिल्ममा पनि काम गरिसकेका छन् । उनी अउडी क्यु ५ चढ्ने गर्छन् । उनको यस कारको मुल्य ४७ लाख देखि ६० लाख सम्म पर्ने गर्छ ।
भारती सिंह
टिभी सोका लागि चर्चीत यी कमेडियन ‘कमेडी नाइट्स लाइक’, ‘कमेडी नाइट्स बचाओ’, ‘इण्डिया गट ट्यालेन्ट’ मा काम गरिरहेकी छिन् । यिनको कार मरसिटीज बेन्ज जिएल–३५० रहेको छ । उनको यस कारको मुल्य ७७.५० लाख देखि १.७६ करोड भारतीय रुपैयाँ पर्छ ।
करन वाही
करनले कमेडी नाइट्स बचाओमा कमेडीयनको भूमिकामा देखिएका थिए । हाल इण्डियन आइडलमा काम गरिरहेका यी कमेडियनको कार हो, ‘बिएमडब्लु ५’ । यस कारको मुल्य ५० देखि ९० लाख भारतीय रुपैयाँ पर्छ ।
स्वेता तिवारी
चर्चीत टिभी अभिनेत्री कमेडी सर्कसमा कपिल शर्मासँग समेत काम गरिसकेकी छिन् । उनले चढ्ने कार बिएमडब्लु ७ सिरिज रहेको छ । यस कारको मुल्य १।.१४ देखि १.६० करोड रुपैयाँ पर्छ ।
सुनिल ग्रोबर
‘द कपिल शर्मा सो’ का एक मुख्य पात्र हुन् सुनिल ग्रोबर । उनी बिएमडब्लु ५ सिरिज कार चढ्ने गर्छन् । उनको यो कारको मुल्य ५० देखि ६० लाख पर्छ ।