महाराष्ट्र आरटीओले रोड ट्याक्स भुक्तानी नगरेका कारण बलिउड अभिनेता डेनीलाई २९ लाख भारतीय रुपैयाँ फाइन तिर्न लगाएको छ ।
१३ फ्रेबअरीमा अधेरीका आरटिओले डेनीको रेन्ज रोबर कार जफत गरेको थियो । उक्त कार सिक्किम राज्यको ठेगानामा दर्ता रहेको छ ।
मंगलबार डेनीका ड्राइभरले आरटिओ अफिसमा जरिवाना तिरेर कार फिर्ता लगेको छन् । आरटिओका अधिकारीका अनुसार जुन कार अधिकारीहरुले नियन्त्रणमा लिएका थिए त्यो सिक्किम राज्यको ठेगानामा दर्ता रहेको थियो । महाराष्ट्र रोड ट्याक्सको प्रमाण देखाउन नसक्दा अधिकारीहरुले कार जफत गरेका अधिकारीले बताएका छन् । आरटीओले डेनीलाई २९ लाख ५६ हजार २ सय ३० रुपैयाँ बराबरको रुपैयाँ दण्ड स्वरुप तिर्न लगाएको थियो ।