सन् २००७ मा प्रदर्शनमा आएको आमिर खान अभिनित चलचित्र तारे जमीन परमा ईशानको भूमिका निर्वाहा गरेका दर्शील सफारी अब ठूला भइसकेका छन् । १० बर्षपछि दर्शीलको अनुहारमा धेरै परिवर्तन आइसकेको छ कि उनलाई कसैले सजिलैसँग चिन्न पनि गाह्रो छ । भारतीय मिडियाका अनुसार अब उनी छिट्टै बलीउड चलचित्र ‘Quickie’ बाट कमब्याक गर्ने तयारीमा छन् । यो फिल्मको एक पोष्टर हालैमा बाहिर आएको छ । यो टेक ड्रिवन टीन एज लवभ स्टोरी हो । चलचित्रको निर्देशन प्रदिप अल्तुरीले गर्दै छन् ।