अनमोल केसी स्टारर चलचित्र ‘ड्रीम्स’ मा गरेपछि चर्चामा आएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अहिले छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको चलचित्र मंगलममा व्यस्त छिन् । अतिथी भूमिकामा देखिन लागेकी साम्राज्ञीले आफ्नो ‘मंगलम’ लुक्स फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । तश्वीरमा साम्राज्ञीलाई फरक गेटअपमा देख्न सकिन्छ । उनले आँखामा चश्मा लगाएकी छिन् भने पुस्तक हातमा बनेकेर लाइब्रेरीमा देखिएकी छिन् । निर्माणपक्षले साम्राज्ञीको भूमिका खुलाउन नचाहेपनि उनको लुक्स हेर्दा यो अनुमान लगाउन सकिन्छ कि उनले चलचित्र मंगलमा शिक्षिकाको भूमिका निर्वाहा गरेकी छिन् ।
‘ड्रीम्स’पछि ‘ए मेरो हजुर २’ र ‘तिमीसँग’ मा लीड एक्ट्रेस भएर काम गरिसकेकी साम्राज्ञीले कसरी ‘मंगलम’ मा अतिथीको भूमिका गर्न राजी भईन ? यदी यो प्रश्न तपाईको मनमा उब्जिएको छ भने बताइदिउँ कि चलचित्रका निर्माता छविराज ओझाका छोरा साकार ओझा र साम्राज्ञी मिल्ने साथी हुन । साकारले नै साम्राज्ञीलाई ‘मंगलम’ मा अतिथी भूमिका निर्वाहा गर्न प्रस्ताव राखेका थिए र सोही अनुसार साम्राज्ञीले मंगलममा केमियो गर्न राजी भएकी हुन । नायिका शिल्पा पोख्रेलको ५० प्रतिशत शेयर रहेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरिरहेका छन् । चलचित्रमा शिल्पाका अलवा पुष्पल खड्का र पृथ्वीराज प्रसाइँको मुख्य भूमिका रहेको छ ।