नयाँ बर्षको दिन रिलिज हुन लागेको निखिल उप्रेती स्टारर चलचित्र ‘राधे’ को टीजर सार्वजनिक भएको छ । निखिल, प्रियंका कार्की र अशिष्मा नकर्मी फिचरिङ टीजरमा निखिलाई एक्सन अवतारमा देख्न सकिन्छ । टीजरबाट यो अनुमान लगाउन सकिन्छ कि चलचित्रमा निखिल ‘कमाण्डो’ को भूमिकामा छन् ।
गदिश्वर थापाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राधे’ मा निखिल, प्रियंका र अशिष्माका अलवा शिशिर भण्डारी, प्रमोद अग्रहरि र सलोन बस्नेतको मुख्य भूमिका छ । त्यस्तै चलचित्रमा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको छ । हरि ओम् सिने मेकर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् । चलचित्रका निर्माता सुशिल पोख्रेलले पहिलो पटक फरक कथावस्तुमा चलचित्र ‘राधे’ निर्माण गरेको जानकारी दिए ।