अक्षय कुमार अहिले आफ्नो नयाँ चलचित्र ‘जोली एलएलबी २’ को कारण चर्चामा छन् । योसँगै एक अन्तर्वार्ताले पनि अहिले उनलाई खुबै चर्चामा ल्याएको छ । केही दिन अगाडी अक्षय कुमार आफ्नो चलचित्र ‘जोली एलएलबी २’ को प्रमोशनका लागि टिभी शो ‘आपकी अदालत’ मा पुगेकी थिए, जहाँ उनले आफ्नो र प्रियंका चोपडाको बिग्रिएको सम्बन्धको विषयमा पनि मुख खोलेका छन् ।
केही समय पहिला अक्षय र प्रियंकाको सम्बन्ध बिग्रिएको खबर बाहिर आएको थियो, त्यसपछि अक्षयले प्रियंकासँग एकसाथ कहिले काम गरेनन् । शोमा जब अक्षयलाई यस बारेमा सोधियो तब अक्षयले सबै कुराहरु गलत रहेको बताउँदै भने, ‘यस्तो केही भएको छैन हामी बीचमा । मैले प्रियंकासँग ५ चलचित्रमा काम गरिसकेको छु । यस्तो केही भएको छैन कि म प्रियंकाको साथ काम नगरुँ । यहाँसम्मकी रानी मुखर्जी, मात्र होइन सबै हिरोइनसँग मैले काम गरेको छु । यदी मलाई मौका मिल्यो भने पक्कै पनि प्रियंकासँग काम गर्नेछु ।’