बलीउड बक्स आफिसमा प्राय सधै तीन खानको राज चलिरहेको छ र सलमान खानले त झण्डै ९ बर्षदेखी आफ्नो पकड झन बलियो बनाउँदै गएका छन् । तर, फिल्म ‘दंगल’ बाट आमिर खानले एकपटक फेरी बक्स अफिसमा छलांग मारेका छन् ।
त्यस्तै, दोस्रो तर्फ शाहरुख खानको स्टारडम भने विस्तारै कमजोर बन्दै गएको देख्न सकिन्छ । अहिले शाहरुख खानका फिल्महरुले मश्किलले सय करोड कमाउने गरेका छन् । कुनै समय बलीउड बजारमा एकलौटी राज गरेका शाहरुख खानको स्टारडम कमजोर बन्दै गर्दा सलमान र आमिर खानको भने पकड झन झन बलियो बन्दै गएको छ । अहिले शाहरुख खान भन्दा अक्षय कुमार बक्स अफिसको विश्वालिसो खेलाडी बनेका छन् । तर, प्रश्न यो छ कि के उनले यस बर्ष सलमान खानलाई टक्कर दिन सक्छन् ? यो प्रश्न यस कारण पनि उठिरहेको छ कि यस बर्ष आमिर खानको कुनै पनि फिल्म रिलिज हुनेछैनन् । जनवरीमा अक्षय कुमारको फिल्म ‘जोली एलएलबी २’ को अगाडी शाहरुख खानको ‘रईस’ र रितिक रोशनको ‘काबिल’ समेत टिक्न सकेन । बताइदिउँ कि ‘जोली एलएलबी २’ को सफलतामा नजर यस कारण पनि टिकेको थियो किनकी शाहरुख खानको रईस र रितिक रोशनको काबिलले राम्रो परफर्म गरिरहेको थियो । तर, जोली एलएलबी २ ले अहिले बक्स अफिसमा धमका मच्चाइरहेको छ ।