बलीउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यू प्रोजेक्टलाई लिएर चर्चा चलिरहेको छ । तर, हालसम्म कुनै पनि फिल्म फाइनल हुन सकेको छैन । सैफ अली खान जस्तै करिना कपुर पनि साराको डेब्यूको फिल्मलाई लिएर आफ्नो सोच बनाइ रहेकी छिन् । साराको करिअरको लागि अब सैफ र करिनाबीच विवाद बढ्न थालेको छ । करिना चाहन्छिन् कि करण जोहरको फिल्मबाट साराले बलिउडमा डेब्यू गरुन् ।
आलिया भट्टको बलीउड करिअर बनाउन करनले ठुलो भुमिका खेलेका छन् । तर, सैसेफ भने करिनाको पक्षमा रहेका छैनन् । सैफका अनुसार छोरी सारा दोस्रो आलिया नबनुन् । सैफ चाहन्छन् कि आलियको पाइलामा आफ्नी छोरी नचलोस् । करिनालाई लाग्छ कि करन नै साराको करिअर बनाउनका लागि राम्रो अवसर दिने व्यक्ति हुन् । करिनाले भने बलीउडमा आलियाको चर्चा करणका कारण मिलेको बताएकी छिन् । उनका अनुसार बलिउडमा आलियामाप्रति करनको योगदान धेरै रहेको छ । यही कारण सैफको कुराप्रति करिना सहमत छैनन् ।