कलर्स च्यानलबाट प्रशारण हुने चर्चित शो ‘ससुराल सिमर का’ की लीड एक्ट्रेस सिमर उर्फ दीपिका कक्कड आफ्नो शूटको लास्ट डे भावुक भएकी छिन् । दीपिका अब यो शोबाट अलविदा भन्दैछिन् । यो सीरियल कलर्समा गएको ६ बर्षदेखी चलिरहेको छ, जुन मान्छेहरुबीच निकै नै लोकप्रिय । दीपिकाले आफ्नो सेटको ग्रीन रूमको डेकोरेशनको एक तश्वीर इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो इमोशन्स पनि व्यक्त गरेकी छिन् ।