हास्य कलाकार तथा अभिनेत्री सुगंधा मिश्राको टिभी सो ‘द भोइस इण्डिया सिजन–२’ मा अभिनेत्री कंगना रणावत आफ्नो फिल्म ‘रंगुन’ को प्रचारको लागि पुगेकी थिइन् । उनको साथमा फिल्मको को एक्टर शाहिद कपुरमा थिए । कंगनालाई सुगन्धाले आफ्नो कमेडी अन्दाजमा मजाक उडाउने काम गरिन् । यो कुरा कंगनालाई सहन भएन । कंगनाले पनि आफ्नो मनमा रहेको कुरा खुल्लेआम शेयर गरिन् । शोमा कोचको रुपमा नजर आएका गायक शलिम मर्चेट शानले सुगन्धालाई कंगनाको अगाडि मजाक उडाउन भने । त्यसपछि कंगनाले भनिन्,‘मलाई थप्पड हानम जस्तो भइरहेको छ’ ।
यो क्षण सुगन्धाको लागि निकै अजबगजब क्षण रहेको थियो । उनले पनि कंगनाको उक्त बोलीलाई सामान्य रुपमा लिएकी थिइन् ।