सलमान खानको फिल्म ‘दबंग ३’ का लागि हालसम्म अभिनेत्री फाइनल हुन सकेको थिएन । अब भने यसको पनि टुंगो लागेको छ । फिल्ममा कहिले सोनाक्षी सिंहालाई लिने खबर बाहिर आएको थियो भने कहिले काजोल रत कहिले परिणति चोपडासम्मको नाम अगाडी आएको थियो । तर, फिल्ममा को चाहिँ अभिनेत्री लिने भन्नने फिक्स भएको थिएन । अब यस फिल्ममा एमी ज्याक्सन हुने भएकी छिन् । केही दिन अगाडि आएको मिडिया रिपोर्टका अनुसार अरबाज खानको आफ्नो फिल्म ‘दबंग ३’ का लागि अरु कोही नभइ एमी ज्याक्सन हने भएकी छिन् । एमीले फिल्म ‘एक दिवाना था’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् । पछिल्लो मिडिया रिपोर्टका अनुसार एमीको सलमान खानसँग नजिकिएको सम्बन्धका कारण पनि उनलाई फिल्मका लागि छनोट गरिएको हो । एमी ज्याकसन हाल रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ को सुटिङमा व्यस्त रहेकी छिन् । यस फिल्म पश्चात उनले दबंग ३ को सुटिङ गर्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।