निर्माण घोषणा गरिएको लामो समयपछि अन्ततः ‘ग्याङ्गस्टार ब्लूज’ फ्लोरमा गएको छ । हेमराज बिसीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको पश्चिम नेपालको नेपालगंजबाट छायाँकन सुरु भएको हो । छायाँकन सुरु हुनुभन्दा एक हप्ता अगाडी छायाँकन स्थल र त्यहाँको रहनसहन बुझ्न निर्माता, निर्देशक, प्राविधिक तथा कलाकारहरुको टोली नेपालगंज पुगेको थियो ।
मनिष पण्डित कार्यकारी निर्माता रहेको चलचित्रमा ‘जेरी’ डेब्यू गर्ल आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाहि ठकुरी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
बाँकेको नेपालगंज, मुगुको रारा ताल र खप्तडमा चलचित्र खिचिनेछ । निर्माता सरोज न्यौपानेले ५० दिनको छायाँकन सेड्युअल लिएर आफुहरु फ्लोरमा गएको बताए ।
निर्माण अगावै उपत्यका बाहिरको प्रदर्शनका लागि डिसिएनले यो चलचित्र ४५ लाख एमजीमा किनिसकेको छ । अर्को बर्षको भदौमा रिलिज गर्ने तयारी भइरहेको यो चलचित्रलाई आशाको नजरले हेरिएको छ ।