‘द कपिल शर्मा शो’ बाट पपुलर भएका भारतका चर्चित कमेडियन कपिल शर्मा अहिलेका सबैभन्दा महँगा एक्टर बनेका छन् । केही दिन अगाडी एक पपुलर न्यूजपेपरको रिपोर्टका अनुसार कपिल शर्माले सोनी च्यानलसँग नयाँ कन्ट्रयाक्ट साइन गरेका थिए र यसका लागि उनलाई ११० करोड अफर गरिएको थियो । कन्ट्रयाक्टको हिसाबमा अब यो शो डिसेम्बर २०१७ सम्म चल्नेछ । यो हिसाबले हेर्ने हो भने कपिलको महिनाको आम्दानी ९ करोडभन्दा बढी रहेको छ ।
खबरका अनुसार पहिला कपिलले एक एपिसोडका लागि ६० देखी ८० लाख पारिश्रमिक लिने गर्थे । अब भने उनलाई सोनी च्यानलले बर्षको ११० करोड दिनेछ । शो मेकर्स कपिलको शोबाट निकै खुसी छन् र यही कारण हो उनको पारिश्रमिकले पनि आकाश छुनु । बताइदिउँ कि द कपिल शर्मा शोको कारण सोनी च्यानललाई सानदार रेटिंग्स मिलिरहेको छ ।
त्यस्तै, कपिल मात्र होइनन् कपिलको शोका कारण बाँकी मेम्बर्स पनि शोको पपुरालिटीका कारण राम्रै आम्दानी गरिरहेका छन् ।