बलीउडका एक सफल नायक हुन सलमान खान । उनले बलिउडमा सयौं सफल चलचित्र दिएका छन् भने भारतीय चलचित्र उद्योगको विकासका लागि उनको ठूलो योगदान रहेको छ । सामाजिक भावनाका कारण पनि सलमान खानको बलिउडमा छुट्टै पहिचान र स्थान छ । त्यति मात्र होइन, उनी बलीउडमा धेरै नायिकाको गडफादर पनि हुन् ।
सलमानकै कारण कतिपय नायिका आज बलिउडमा नायिकाको रुपमा स्थापित भएका छन् । सलमानको आर्शिवाद पाएका ती नायिकाहरु आज बलिउडका सफल नायिकाका रुपमा गनिन्छन् ।
१. कट्रिना कैफ
कट्रिना कैफ यतिबेला बलिउडकी फल नायिका मानिन्छन् । उनी आज सफल नायिका हुनुको पछाडी सलमान खान नै सर्वेसर्वा हुन् भन्दा पनि फरक पर्दैन । कुनैबेला ‘बुम’ जस्तो तल्लो श्रेणीको चलचित्रबाट करियर सुरु गरेकी कट्रिना सलमानको साथ पाएपछि मात्र चम्किएकी थिइन् ।
‘मैने प्यार क्यूँ किया’मा सलमानले आफ्नो विशेष पहलमा कट्रिनालाई अभिनय गर्ने अवसर जुराइदिएका थिए । सलमानसँग उक्त चलचित्रमा काम गरेपछि नै कट्रिनाको माग बलिउडमा बढ्न थालेको हो ।
यससँगै सलमानले आफ्नो कुरा नकाट्ने निर्माताहरुसँग कट्रिनालाई चलचित्रमा काम दिन सिफारिस गरेका थिए । लाई भेटेर केही चलचित्र सिफारिस गरिदिएका थिए । त्यसपछि कट्रिना र सलमान केही वर्ष प्रेम सम्बन्धमा पनि रहे ।
२. जरिन खान
सलमानले कट्रिनासँग ब्रेकअप भएपछि आफ्नो नयाँ चलचित्र वीरमा नायिका जरिन खानलाई लिए । त्यसो पछाडी प्रमुख कारण के थियो त्यो त सलमानलाई मात्र थाह होला । तर कट्रिनाको अनुहारसँग अनुहार मिल्ने भएकाले सलमानले जरिनलाई बलिउडमा भित्र्याएको भन्ने चर्चा पनि भएको थियो । कट्रिनालाई जस्तै जरिनलाई पनि सलमानले निकै सहयोग गरे र स्थापित गरिदिए ।
३. स्नेहा उल्ला
जरिन खानलाई बलीउडमा भित्र्याउँदा जस्तै कुनैबेला स्नेहा उल्लालाई बलिउडमा भित्र्याउँदा पनि सलमान खान विवादमा परेका थिए ।
ऐश्वर्यासँग ब्रेकअप भएपछि स्नेहालाई बलिउडमा भित्र्याएका सलमानलाई ऐश्वर्या जस्तै अनुहार भएकाले मात्र स्नेहालाई स्थान दिएको भन्ने आरोप लाग्यो । त्यतिमात्र होइन, ऐश्वर्यालाई चिढाउनकै लागि पनि सलमानले स्नेहालाई बलिउडमा ब्रेक दिएको चर्चा पनि तल्यो ।
सलमानले ‘लकी, नो टाइम फर लभ’मा स्नेहालाई आफ्नी हिरोइन बनाएका थिए । त्यसपछि स्नेहासँग पनि सलमानले प्रेम सम्बन्ध जाडिएको चर्चा चल्यो ।
बलीउडमा सलमानलाई सहयोगी र दिलदार नायकका रुपमा लिइन्छ । मिठो बोली र मिजासिलो व्यवहारका कारण बलिउडमा आज सलमानको उच्च स्थान रहेको पनि टिप्पणी गरिन्छ ।
नवप्रवेशीको मामलामा पनि सलमान खानले निकै उत्साहित बनाउने र सक्दो सहयोग गर्ने गर्छन् । त्यसकारण यी नायिका बोहक पनि सलमानलाई गडफादर मान्नेहरु बलिउडमा प्रसस्त छन् ।