बलीउडस्टार कंगना रणावतले हालैमा करन जोहरको च्याट शो ‘कफी विद करन’ मा तीन खानलाई लिएर एक चकित बनाउने बयान दिएकी थिइन्, जसको विषयमा शाहरुख खानको रिएक्शन आएको छ । खासमा शोमा जब कंगनालाई सोधियो कि उनी तीन खान मध्ये कोसँग काम गर्न चाहन्छिन् र उनले एक सेकेण्ड पनि नसोच्दै भनिन्, ‘कोहिँसँग पनि चाहन्न ।’ कंगनाको यो स्टेटमेन्टलाई लिएर हालैमा शाहरुख खानले आफ्नो मुख खोलेका छन् ।
तपाईहरुलाई बताइदिउँ कि जब हालैमा यो मुद्धामा कुरा उठ्यो तब शाहरुखले भने, ‘मलाई थाहा छैन, तपाईहरु के अनलाइन पढ्नुहुन्छ ? (Don’t believe what you read online)’। कंगनाको यो स्टेटमेन्टपछि शाहरुखले पनि कंगनासँग काम गर्न अस्वीकार गरेका छन् । तर, हालैमा आएको शाहरुखको यो रिएक्शनबाट यो स्पष्ट के हुन्छ भने उनी कंगनासँग काम गर्न चाहन्छन् । खबरलाई मान्ने हो भने शाहरुख खान र कंगनालाई संजय लीला भंसालीले फिल्मका लागि अप्रोज गरेका थिए ।