अमिताभ बच्चनकी नातिनी आराध्या ५ बर्षकी भइसकेकी छिन् । तर, उनका पेरेन्ट्स अभिषेक र ऐश्वर्याबीच अहिले देखी नै उनको करियरलाई लिएर झगडा सुरु हुन लागेको छ । यी दुई आराध्याको करियरलाई लिएर फरक फरक राय राखिरहेका छन् । एक चर्चित अनलाइन बेवसाइटका अनुसार, छोरी आराध्याको करियरलाई लिएर अभिषेक र ऐश्वर्याको फरक फरक विचारका कारण अहिले उनीहरुको सम्बन्ध पनि चिसिन थालेको छ ।
अभिषेक चाहन्छन् कि आराध्या ठूली भएर फिल्ममा नाम कमाउन । यति मात्र होइन उनको चाहना त यो पनि छ कि अहिले देखी नै उनी चाइल्ड आर्टिस्ट भएर फिल्ममा काम गर्न सुरु गरुँन । तर, ऐश्वर्या यसको विपक्षमा छिन् । उनी छोरीलाई फिल्म लाइनमा ल्याउन चाहन्नन् । यहि विषयमा अहिले उनीहरुको झगडा सुरु हुन थालेको छ ।