निखिल उप्रेती र नीता ढुंगाना अभिनित चलचित्र ‘निर्भय’ को नयाँ गीत रिलिज भएको छ । ‘यो दुनियाँको भर के’ बोलको गीतमा नीता र निखिलको प्रेमलाई देखाउन खोजिएको छ । गीतमा उनीहरुले सँगै मर्ने-बाँच्ने बाचा गरेका छन् । शिव परियार र स्वेच्छा ठकुरीको स्वर रहेको गीतमा अर्जुन पोख्रेलको शब्द र संगीत छ ।
मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन । चलचित्र ‘निर्भय’ मा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । चलचित्रमा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको द्धन्द्ध निर्देशन छ । यो चलचित्र चैत ११ गतेबाट हलमा लाग्दैछ ।