मेगास्टार चिरञ्जिवीको तेलुगू फिल्म ‘कैदी नम्बर १५०’ का निर्माताले घोषणा गरे कि फिल्मले अहिलेसम्म दुनियाँभरमा १६४ करोडको विजनेश गरेको छ ।
एक अधिकारिक पोस्टरमा निर्माताले भने कि फिल्मले अहिलेसम्म १६४ करोड कमाई गरिसकेको छ र एकै भाषामा प्रदर्शन भएको यो फिल्म दक्षिण भारतमा सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा समेत दर्ता भएको छ ।
वी.वी विनायकको निर्देशनमा बनेको यो फिल्मबाट चिरञ्जिवीले निकै लामो समयपछि अभिनय क्षेत्रमा कमब्याक गरेका हुन । तमिल फिल्म ‘कथ्थी’ को आधिकारिक रीमेकमा चिरञ्जिवी दोहोरो भूमिकामा थिए । एक भूमिकामा उनी सामाजिक कार्यकर्ता र दोस्रो भूमिकामा चोर थिए । फिल्ममा उनको साथ अभिनेत्री काजल अग्रवाल पनि थिइन । फिल्मलाई राम चरणले निर्माण गरेका थिए ।