आलिया भट्ट र वरुण धवन स्टारर बद्रीनाथ की दुल्हनिया’ आजबाट रिलिज भएको छ । यो फिल्म सन् २०१४ मा आएको ‘हम्पटी शर्मा की दुल्हनिया’ को सिक्वेल हो । बताइदिउँ कि, वरुण-आलियाको यो तेस्रो फिल्म हो । यसअघि यो जोडीले सन् २०१२ मा फिल्म ‘स्टूडेन्ट अफ द ईयर’ बाट डेब्यू गरेका थिए । स्टोरीबाट भने आलिया-वरुणका साथै सिद्धार्थ मल्होत्राले पनि फिल्म करियर सुरु गरे ।
१५ मार्चमा २४ बर्षकी हुन लागेकी आलिया फिल्ममेकर महेश भट्टकी छोरी हुन । फिल्मी दुनियामा हुर्किएकी आलिया जब ६ बर्षकी थिइन, तब संघर्ष (१९९९) मा उनले प्रिटी जिँटाको बाल्यकालको भूमिका निभाएकी थिइन । १९९९ बाट २०१२ सम्म उनी फिल्म पर्दाबाट टाढा रहिन् । ‘स्टूडेन्ट अफ द ईयर’ बाट धमाकेदार डेब्यू गरेकी आलियाले हाइवे, ३ स्टेट्स, कपूर एण्ड सन्स, उड़ता पंजाब र डियर जिन्दगी जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।